‘ओशो सन्यासी’ बनिन् नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेकी छन् । नागर्जुनस्थित ओशो तपोवनमा पुगेर उनी सन्यासी बनेकी हुन् । नम्रता एक सातादेखि ओशो तपोवनमा छिन् । उनले रातो रंगको गेरु बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको एक तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै ‘प्रेम लक्ष्य हो…जीवन यात्रा हो…ओशो’ भनेर लेखेकी छन् । सन्यासी बनेसँगै उनले आफ्नो घाँटीमा ओशो अंंकित माला समेत लगाएकी छन् ।
अर्की अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिम्खडाले नम्रतासँगको एक तस्विर फेसबुकमा साझेदार गर्दै ‘ओशा परिवारमा स्वागत छ’ भनेकी छन् । सिम्खडापछि ओशो सन्यासी बन्ने नम्रता दोस्रो अभिनेत्री हुन् ।
ओशो सन्यासी भन्नाले भौतिक सुःख सुविधाको त्याग, आत्ध्यात्मिक जीवन जीउनुलाई भन्ने बुझिन्छ । तर, ओशो सन्यासी बने पनि गर्दै आएको कर्म वा दैनिक क्रियाकलाप त्याग्नु भने पर्दैन । ओशो सन्यासी बन्नु भनेको ओशोलाई गुरु मान्नु रहेको बताइन्छ ।

 

 

 

Leave a Reply