अभिनेत्री सन्ध्या केसीले गरिन् विवाह

अभिनेत्री सन्ध्या केसी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा श्रीमानसँगका केही रोमान्टिक तस्विर शेयर गर्दै उनले विवाह गरेको जानकारी दिएकी हुन् । उनले स्थिति सामान्य भएपछि धार्मिक रुपमा विवाह गर्ने बताएकी छन् । आभूषणसँग उनी करीब २ वर्षदेखि प्रेममा थिइन् । सन्ध्याले लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’

Leave a Reply