अनुप विक्रम शाहीले बाल आश्रमका बालबालिकालाई गरे सहयोग

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । कोरोना सङ्क्रमणको त्रास र लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको छ । नायक अनुपविक्रम शाहीले समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

यसै क्रममा उनले काठमाडौँ धापासी,ग्रिन ल्यान्ड स्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ बाल आश्रमलाई सहयोग गरेका छन् । शाहीले ३१ जना बालबालिकाका लागी चामल, दाल, नुन लगायत अन्य दैनिक उपभोग्य हरू हस्तान्तरण गरेका हुन् । यस्तै समुदायलाई यसअघि पनि अनुपले विभिन्न खाद्यन्न वितरण गरेका थिए । अनुपले प्रहरी प्रशासनसँग जोडिएका व्यक्तिहरुलाई पनि सहयोग गरेका छन् ।

Leave a Reply