‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित

चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने चलचित्र ‘हात्तीछाप’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । सौगात र निर्माता किरण नेपालीबीच आइतबार सम्झौता पत्र आदान प्रदान भएको थियो। यस अघि चलचित्रमा अभिनेता दयाहाङ राई अनुबन्धित भएका थिए । चलचित्रका लागि अन्य कलाकारको छनौट भने हुन बाँकी छ ।

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल फिल्म दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ काम गर्ने भएका छन् । दयाहाङ भित्रिएको तीन दिनमा आइतवार सौगात पनि फिल्ममा अनुबन्धित भए । दुवै स्टारले २० लाखको आसपास पारिश्रमिक बुझेको विश्वस्त स्रोतले जानकारी दिएको छ । यो फिल्मको निर्देशन सिमोस सुनवारले गर्दैछन् ।

Leave a Reply