प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’ चैत ११ मा प्रदर्शन हुने

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्र ‘हेल्लो जिन्दगी’को बिहीबार फस्टलुक सार्वजनिक  गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने पनि निर्देशक बोहराले जानकरी दिएका छन् ।

विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतको मुख्य भूमिका रहेको चलचित्रमा एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि ‘हेल्लो जिन्दगी’मा अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन रहेकी छन् । सूर्य र विक्रमको कथा रहेको चलचित्रको पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । सत्य घटनामा आधारित सामाजिक कथा समेटिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।

निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले यस चलचित्रका गीतमा स्वर दिएका छन् ।

Leave a Reply