सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका, बुद्धिको रोमान्स(भिडियो)

गायक  सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको ‘मसला’मा सुनिललाई स्वरमा साथ पछिल्लो समयकी   चर्चित गायिका  एलिना चौहानले दिएकी छिन् ।  गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधिर श्रेष्ठ, बुद्धि तामागं, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् ।

गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यान मार्फत सार्वजनिक गरिएको हो । भिडियो हेर्नुहोस :

Leave a Reply