शर्ट फिल्म ‘वान डे’मा छिरिङ र याङ्शुको प्रेमकथा(फिल्म सहित)

कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । र त्यसैको परिणाम स्वरुप लकडाउनको समय छोटो चलचित्रको निर्माण बढेको छ । यसैविच, संदेश शाहको निर्देशनमा बनाईएको छोटो चलचित्र ‘वान डे’ रिलिज गरिएको छ ।

सिने जोन नेपालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यो छोटो चलचित्रमा सांगीतिक प्रेम कथा देखाइएको छ । छोटो चलचित्रमा छिरिङ नगेटुप ह्योल्मो, याङ्शु श्रेष्ठ र नबिन कार्कीको अभिनय रहेको छ । थिलेन इनटरटेनमेन्टको प्रस्तुतिमा बनेको छोटो चलचित्रमा किशोर किशोरी बिचको प्रेम भाव देखाउन खोजिएको छ। चलचित्रलाई निर्देशक शाहले सम्पादन गरेका हुन् । हेर्नुहोस् शर्ट फिल्म ‘वान डे’ यूट्युब मार्फत :

Leave a Reply