नीताको ‘ह्रस्वदीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’को निर्देशक फाइनल भएको छ । सुरुमा नीताले नै निर्देशन गर्ने भनिएको यो चलचित्रमा सोमबार द्वन्द्व निर्देशक चन्द्र पन्त अनुबन्ध भएका छन्। सोमवार निर्मात्री ढुंगानाले चन्द्रसँग कागजी सम्झौता गरेकी हुन् ।

चलचित्रको मुख्य भूमिकामा रियल लाइफमा पनि प्रेममा रहेका स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ ।

Leave a Reply