तौल घटाउँदै वर्षा सिवाकोटी!

निषेधाज्ञालाई सदुपयोग गर्दै अभिनेत्री वर्षा सिवाकोटी अहिले तौल घटाउन लागिपरेकी छन् । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको स्टोरीमा ब्यायाम गरेको तस्वीर सार्वजनिक गर्दै एक हप्तामा २ केजी तौल घटाएको बताएकी छिन् । तस्वीरमा वर्षा स्लिम र आकर्षक देखिएकी छिन् ।

उनले अझै आफ्नो तौल घटाउने क्रममा रहेको पनि उल्लेख गरेकी छिन् । सिवाकोटीले घरभित्रै बसेर व्यायाम गरेर पसिना बगाउदै तौल घटाउन सफल भएकी हुन् । साथै उनले तौल घटाउन आफुले दैनिक कस्तो प्रकारको खाना खाएको र कुन खानेकुरा आफुले शेवन नगरेको पनि उल्लेख गरेकी छन् ।

Leave a Reply