चलचित्र पत्रकार संघले जारी गर्‍यो १२ बुँदे धुलिखेल घोषणापत्र

चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । आइतबार धुलिखेलस्थित इको रिसार्टमा आयोजना भएको ‘नीति तथा परामर्श भेला’मा सहभागी संघका पूर्व अध्यक्षहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरुबाट प्राप्त सल्लाह-सुझावअनुसार संघले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा संघीय तथा प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ-संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई पनि उपलब्ध गराउनुपर्ने, श्रमजीवी पत्रकार ऐनले तय गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, चलचित्र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्थाका लागि संघीय र प्रदेश सरकारसँग माग गर्ने लगायतको विषय समेटिएको छ ।

Leave a Reply