जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ को विजेता गौरव राई

जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ प्रतियोगितामा गौरव राई विजेता बनेका छन् । प्रतियोगितामा टपेन्द्र टिखातरी उपविजेता भए भने नीशा शर्मा तेस्रो भइन् । गत असार ३ गतेबाट सुरु गरिएको जेभियर इन्टरनेशनल कलेज ‘म गीत गाउँछु’ प्रतियोगिताको हिजो बुधबार अर्थात् असार ३० गते ग्रान्ट फिनाले राउन्ड सम्पन्न भएको थियो । काठमाडौंका गौरव राई, भरतपुर चितवनका आयुष यामदा, बानियाँटार काठमाडौंका राज राणा पहिले, कैलालीका टेपेन्द्र टिखातरी र गौशाला काठमाडौंकी नीशा शर्मा ग्रान्ट फिनाले राउन्डमा पुगेकी थिइन् । सबैलाई पछि पार्दै गौरव राई विजेता बनेका हुन् । पहिलो अडिसनमा २०० जना सहभागी भएका थिए । पहिलो चरणबाट २५ जना छनोट भएका थिए । त्यस्तै, असार–१६ देखि २५ गतेसम्म भएको दोस्रो अडिसनबाट उत्कृष्ट चारजना छनोट भएका थिए । भर्चुअल गायन प्रतियोगिताको निर्णायकहरु इरोज लामा, कृष्ण पोखरेल, दीप घतानी र दीपेन दाहाल रहेका थिए । लामा र घतानी संगीतकार र गायक हुन् भने पोखरेल कोरियोग्राफर र मोडल हुन् । त्यस्तै दाहाल कार्यक्रमका परिकल्पनाकार तथा जेभियर इन्टरनेशनल कलेजका प्राचार्य हुन् । भर्चुअल लाइभ कार्यक्रमको सञ्चालन हर्षिका पन्तले गरेकी थिइन् ।

Leave a Reply