नाजिर हुसेनको ‘चिलगाडी’ निर्माणको घोषणा,अर्को दशैंमा प्रदर्शन गर्ने लक्ष्य

सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्रको पनि आज फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्रको नाम ‘चिलगाडी’ राखिएको छ। चलचित्रको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष संदेश समेत बोक्ने छ। चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन। सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ। फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply