आकाशको नयाँ चलचित्रमा सौगात,शिव र रविन्द्र फाइनल

निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्ने आकाशले जानकारी दिए । नाम फाइनल नभएको चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, शिव श्रेष्ठ, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रका लागि नायिका पक्का गरिएको छैन ।

No description available.

No description available.

आकाशको कथा तथा निर्देशन रहने यो चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोष्को संगीत रहनेछ । अधिकारीले चलचित्रको छायांकन तिहार सकिए लगत्तै गरिने बताएका छन् । चलचित्रमा निर्देशक आकाश अधिकारीले पनि अभिनय गर्नेछन् ।

 

 

Leave a Reply