आकाशको जन्मदिनमा पुजा आकाशका फ्यानले गरे सियोनालाई १ लाख १७ हजार सहयोग

नायक आकाश श्रेष्ठको जन्मदिनको अवसर पारेर उनका फ्यानहरुले काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गरेका छन् । ‘पुजा आकाश फ्यान क्लब’ले २ ठाउँमा कार्यक्रम आयोजना गरेका थिए ।

सो अवसरमा १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि ‘पुजा आकाश फ्यान क्लब’का सदस्यहरुले १ लाख १७ हजार रुपैयाँ नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको हातमा हस्तान्तरण गरेका थिए । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । यस्तै, उनीहरुले बेबारिसे लास व्यवस्थापनका लागि भन्दै ४५ हजार रुपैयाँ पनि सहयोग गरेका छन् ।

Leave a Reply