कलाकार निर्मल शर्मालाई कोरोना सङ्क्रमण पुष्टि

नेपालमा भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणबाट नेपाली फिल्मकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् ।  एकपछि अर्का फिल्मकर्मी कोरोना संक्रमित भइरहेको अवस्थामा कलाकार निर्मल शर्मालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले शुक्रवार राती फेसबुकमा स्ट्याटस पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । सामान्य ज्वरो आउनु बाहेक कुनै लक्षण नदेख्दा पनि उनले पिसिआर गर्दा पोजेटिभ देखिएको स्टासटमा लेखेका छन् । अबको १४ दिन होम आइसोलेसनमा बस्ने र आफ्नो सम्पर्कमा रहनु भएकालाई पनि टेस्ट गर्न उनले अनुरोध गरेका छन् ।

Leave a Reply