‘छड्के २’मा अनमोल केसीको जोडी रेशा आलेमगर?

अभिनेता अनमोल केसी नयाँ ग्याङस्टर चलचित्र ‘छड्के २’मा देखिँदैछन् । चलचित्रको अहिले छायांकन चितवनमा धमाधम भइरहेको छ । तर निर्माण टिमले ‘लिड एक्ट्रेस’बारे भने केही जानकरी दिएको थिएन । तर कलाकार तथा निर्माता देवु श्रेष्ठले चलचित्रमा अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गर्ने क्रममा मोडल रेशा आलेमगरलाई पनि ट्याग गरेका छन् ।

रेशालाई अनमोल केसीले पनि इन्स्टाग्राममा पछ्याएका छन् । यसबाट ‘छड्के २’मा अनमोलसँग रेशाले अनस्क्रिन रोमान्स गर्ने भन्ने भान हुन्छ । हुन त अहिलेसम्म पनि आधिकारिक घोषणा त गरिएको छैन। यो ग्याङस्टर चलचित्रले जडिबुटी ओसारपोसारमा दुई ग्याङबीच हुने लडाइँको कथा भन्छ ।

निगम श्रेष्ठको पटकथा र निर्देशन रहने चलचित्रमा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल पनि अनुबन्धित भइसकेका छन् । चलचित्रको मनाङ र चितवनमा ६० दिन छायांकन हुने छ । चलचित्रको बाँकी कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । चलचित्रलाई प्रशान्त गिरी र लक्ष्मण काफ्लेले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply