दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा चेन्नइको अस्पतालमा आज निधन भएको हो । दक्षिण भारतमा आफ्नो पहिचान बनाएका यी गायकले सन् १९८१ मा रिलिज भएको हिन्दी चलचित्र ‘एक दुजे के लिए’मा स्वर दिएका थिए ।
उनले, भारतका सुपरस्टारहरु कमल हसन, रजनीकान्त, एमजीआर, साहरुख खान, सलमान खानका लागि गीत गाएका छन् । बालासुब्रमण्यम एक सफल डबिङ आर्टिस्ट पनि थिए । कमल हसनका धेरै तेलुगु चलचित्रमा उनले नै आवाज दिएका छन् । यी गायकले एक दिनमै २१ वटा कन्नड गीतमा आवाज दिएर रेकर्ड पनि बनाएका छन् । ४० हजार वटा गीत गाएर उनले गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका भारतीय मिडियाले उल्लेख गरेका छन् ।