मलिका महत लक्ष्मणको अनटाइटल चलचित्रमा अनुबन्धित

अभिनेत्री मलिका महत रंग पत्रकार लक्ष्मण सुवेदीले निर्माण गर्ने चलचित्रका लागि मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । मंगलबार दिउँसो उनीहरुबीच कागजी सम्झौता भएको हो । अनटाइटल प्रोजेक्टको चलचित्रमा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ ।

नारी संवेदनाको कथावस्तुमा बन्ने महिला प्रधान चलचित्रमा मलिका शीर्ष भूमिका रहनेछ । आगामी फागुन पहिलो साताबाट सुटिङ सुरु हुने चलचित्रको अन्य प्रमुख कलाकारका लागि छिट्टै अडिसन गरिने सुवेदीले बताए । दिलासा कृएसनको ब्यानरमा निर्माण हुने चलचित्रको शीर्षक भने केहि दिनमा तय हुने बताईएको छ।

Leave a Reply