रियाशा र सलोनको विषेश भूमिका रहने ‘लक्ष्मीपूजा’ यही दसैँमा रिलिज हुने

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माता शोभित बस्नेतद्वारा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दसैँमा रिलिज हुने भएको छ । पारिवारिक प्रेमकथामा निर्माण भइरहेको यो चलचित्रलाई दशैं र तिहारको परिवेशमा प्रस्तुत गरिएको छ । चलचित्रको यति बेला उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । समीर मियााले निर्देशन गरिरहेको चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय रहने छ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिने छन् । ‘लक्ष्मीपूजा’मा जाहान्वी दोहोरो भूमिकामा देखिदैछिन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको कथा, रामजी लामिछानेको कोरियोग्राफी, जयकुमार दर्लामीको छायांकन छ ।

 

Leave a Reply