‘लप्पन छप्पन २’को ट्रेलरमा सौगात, अनुपविक्रम र अर्पणको भिन्न लुक्स

मुकुन्द भट्टद्वारा निर्देशित ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । फागुन २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको नयाँ ट्रेलर सार्वजनिक गरिएको हो । त्यस्तै, ट्रेलरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापा भिन्न लुक्समा प्रस्तुत छन् । एक्सनले भरिएको ट्रेलरमा पैसा र पावरको खेललाई देखाइएको छ ।

एक्सन जनरामा निर्मित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।

Leave a Reply