आसिफ शाह भोकै परेका पशुपंक्षीलाई आहारा दिँदै(फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ ।

लकडाउनपछि सार्वजनिक रूपमा रहेका पशुपंक्षी, चराचुरुङ्गीलगायत आहाराको अभावमा मर्ने अवस्थामा पुगेका छन् । यीनीहरुले सामान्य समयमा घुम्न आएका मानिसहरुले दिएको खान्थे । तर, लकडाउनपछि भोकै छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् ।

प्रस्तुतकर्ता तथा अभिनेता आसिफ शाहले लकडाउनपछि भोकै रहेका पशुपंक्षीलाई आफ्नै हातले आहारा खुवाएका छन् ।हिजो सोमबार नँया वर्ष २०७७को अवसरमा विहान उनले बिहान पशुपतिनाथ, गुहेश्वरी, किरातेश्वर वरपर बांदर, कुकर, चराहरुलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा,मासु पानीलगायतका आहार दिएका हुन् तथा केही माानिसलाई खानेकुरा पनि खुवाएका थिए ।

त्यसैगरि कोटेश्वर भक्तपुर सडकखण्डमा, सिर्जनानगरमा कुकुरहरूलाई खानेकुरा तथा सिद्धपोखरीमा माछालाई दाना र चराहरूलाई आहारा खुवाएका थिए । त्यसैगरी नायिका वर्षा राउत र अभिनेता संजोग कोईरालाको पनि स्वेच्छाले उपस्थिति रहेको थियो ।

केही दिनअघि अभिनेत्री वर्षा सिवाकोटीले पनि सडकमा भोकै रहेका कुकुरहरुलाई खाना खुवाएकी थिइन् भने अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले भोकै रहेको जनावरलाई खानाको व्यवस्थाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply