प्रकाश सपुतको ‘नमस्कार’ गीत सार्वजनिक(भिडियो)

चर्चित गायक प्रकाश सपुतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नमस्कार’ बोलको गीतमा गायक प्रकाशकै शब्द तथा सङ्गीत रहेको छ । बिहीबार प्रकाश सपुतको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगर फिचर्ड छन् । भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् । अनिल के मानन्धरको छायाङ्कन रहेको गीत को भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । करिब एक वर्षपछि गायक सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजेका छन् ।
भिडियो हेर्नुहोस् :

Leave a Reply