राहुल र अलिसा ३ वर्षपछि म्युजिक भिडियोमा एकसाथ!

नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनस्क्रिन जोडीको आगमन भैरहेको हुन्छ । कोही हिट हुन्छन् त कोही फ्लप । त्यस्तै म्युजिक भिडियोमा मोडल राहुल शाह र अलिसा शर्माको जोडी निकै हिट मानिन्छ । उनीहरुको जोडीलाई दर्शकले निकै रुचाउँछन् । तर धेरै समय उनीहरुले एकसाथ कम गरेका थिएनन् । र अहिले ३ बर्षपछि अलिसा र राहुलले भिडियोमा एकसाथ काम गरेका छन् । ‘काफल गेडी कुटुक्कै’ बोलको गीतमा यी दुबै एकसाथ देखिएका छन् ।

गीतमा समीर आचार्य, जेनिसा गौतम र मिस्टर आरजेको स्वर, राजेन्द्र भट्टको संगीत, नवराज कलाउनीको शब्द छ । हरि हुमागाईको छायाङ्कन रहेको गीतको भिडियो राहुल शाहले निर्देशन गरेका हुन्। भिडियोमा राहुलकै कोरियोग्राफी रहेको छ ।

Leave a Reply