भारतीय गायक उदित नारायणको नेपाली म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

भारतीय चर्चित गायक उदित नारायण झाको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । धेरै समयपछि उनको स्वर रहेको नेपाली ‘कहिले माया’ बोलको गीतमा साजन कटेल र मिनाक्षी महतारा फिचर्ड छन् ।

बिद्या प्रसाद घिमिरेको शब्द रहेको गीतमा मनोज सिंहको संगीत रहेको छ । एस आर सि फिल्मस्को अफिसियल युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको गीतको रेकोर्दिङ भारतको मुम्बईमा भएको हो । म्युजिक भिडियोमा दुई कलाकारलाई प्रेम भावमा देख्न सकिन्छ।

झाको माझी दाई, सुन भन न, तिमी नभए,कुसुमे रुमाल,यो गाउँको ठितो म, शनिबारको दिन लगायत नेपाली गीत चर्चित छन् साथसाथै टिप् टिप् वर्षा पानी, जादु तेरी नजर , तुम्से मिल्ना, क्या किसिको, तु चिज बडी हे मस्त मस्त लगायत बलिवुड गीतहरु चर्चित छन् । धिरेन श्रेष्ठले एरेञ्ज गरेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने राम कुमार केसीले छायाँकन गरेका हुन् ।

Leave a Reply