भारतीय गायिका आस्था गिलको शनिबार काठमाडौंमा कन्सर्ट हुने

भारतीय गायिका आस्था गिलको नेपालमा कन्सर्ट हुने भएको छ । उनी शनिबार काठमाडौंमा हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टको लागि काठमाडौं आउन लागेकी हुन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिन, कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरन्जन दिने र नपोलमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । साधारण १ हजार र भीआइपीका लागि २ हजार टिकटे कार्यक्रमको राखिएका छ ।

Leave a Reply