बराह क्षेत्रको श्रीलंका टप्पु प्रदेश १ को फिल्मसिटी बनाउन उपयुक्त

सातै प्रदेशमा एक/एक ओटा फिल्म सिटी बनाउने सरकारको कार्ययोजना अनुसार चलचित्र विकास बोर्डमा प्रदेश १ ले छायांकनस्थलको प्रतिवेदन बुझाएको छ। छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति, प्रदेश १ को समूहले प्रतिवेदन बुझाएको हो। समितिले बराह क्षेत्रमा अवस्थित श्रीलंका टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त ठहर गर्दै प्रतिवेन बुझाएको हो। श्रीलंका टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्र छायांकनस्थल बनाउन नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार प्रकट समेत गरेको छ। छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिसका आधारमा बराह क्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायांकन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरेर बोर्डलाई पत्र पठाएको थियो । जवाफमा बोर्ड अध्यक्ष दयाराम दाहालले बराह क्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए । सोमबार बराह क्षेत्रका नगर प्रमुख निलम खनाललाई प्रतिबेदन बुझाइएको छ ।

Leave a Reply