अन्तरजातीय प्रेमले निम्त्याएको घटनामा कलाकारहरुको यस्तो बयान

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । तर जाजकोटका युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्यान गुमाए। यो बिषयमा सामाजिक संजालमा चर्को विरोध भैरहेको छ र दोषीलाई कडा कारबाहीको माग उठिरहेको छ ।यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् र बिरोधमा उत्रिएका छन् ।

हेर्नुहोस् यो बिषयमा के भन्छन् कलाकारहरू :–
अभिनेत्री बर्षा शिवाकोटी लेख्छिन्: विश्व भनिनै रहन्छ, जात, वर्ग, लिङ्ग केहीको भेद भाव छैन । तर हामी त नेपाली होनि (एक्दम फरक) । शताब्दी भन्छ २१ चरणमा पो छौं । उहीलेको कुरा नगर, तर हामी नेपाली हो नि (एकदम फरक) । प्रेम भन्छ, म अन्धो छु, मन मात्र हेर्छु तर हामी नेपाली होनि, उपहार मा मृत्यु दिन्छौं (एक्दम फरक) । खै कहिलेसम्म नेपाली होनि भनेर गर्व गर्नु !! विरोध त सधै गरिन्छ तर यस्ता घटना पनि भैनैरहन्छ । के यो सबको अन्त्य कतै छ ?हृदय देखि प्रेम गर्नु अपराध हैन, हत्या गर्नु अपराध हो’

अभिनेत्री पूजा शर्मा लेख्छिन : ‘रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो. समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौ होला है हामीले ? अब रोग सङ लड्नु कि छिमेकीको मिचाइ बाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेद सङ लड्नु … साच्चै नै गाह्रो छ स्थिति.. भगवान हामी सबैलाई सध्बुद्धी र सहि बाटो देखाउ!! दोषीलाइ कडा भन्दा कडा कारबाही होस् सरकार..’

निर्देशक कलाकार निश्चल बस्नेंत लेख्छन्: ‘हामी चेतनसील प्राणी हौं भने आजैदेखि आफ्नो घरमा कुरा गरौं । कुरा गरौं, नामको पछी जोडिने जात को । जातले मानिसमा घृणाको बिऊ छर्छ भने यो पहिचान के काम को भयो । हामिले परिवर्तन गर्ने भनेको हाम्रो समयको समाज हो । मानिस भएर मानिसलाई नै तल्लो जात र माथील्लो जातमा तौलिने समाजले प्रगती गरेर के नै नाप्छ र ? मान्छेलाई जातले ठुलो सानो बनाउँदैन, उसको सोच, उसले गर्ने कर्मले देखाउँछ । उसलाई समाजले कतिको मान सम्मान दिन्छ भनेर भन्ने कुरा तपाई हाम्रै आफन्तसंग कुरा गर्न थालौं । यो जातको नाममा हुने कुरितिको घैंटो फुटाउन हामिले आफ्नै घरबाट कुराकानी सुरु नगरे आउने दिनहरुमा यस्ता घटना फेरी देख्न सुन्नु पर्नेछ । कानुन छ, कानुन पनि लाग्छ यस्तो रित अपनाउनेहरुलाई तर कानुनले कसुरवार ब्यक्तिलाई सजाय दिन सक्छ । यस्ता सोच नै बदल्न चै तपाई हामी यहि समाज भित्रका मानिसहरुले नै यहि समाजभित्रै बस्ने त्यस्ता मानिसको घैंटोमा घाम लाग्ने गरी आवाज ठुलो बनाउन जरुरी छ । समाज बदल्ने हो भने सोच बदल्न तिर लागौं’

अभिनेत्री केकी अधिकारी लेख्छिन्: ‘के फुर्ति लाउनु समाज भनेर ? यस्तो छ हाम्रो समाज । यो हो वास्तविकता हाम्रो । परिवर्तित समाज रे । खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ, अझ ध्वस्त छ यो समाज । यही समाजको अंश भन्न नि लाज हुने । मानवता नभएको समाज । छि : !’

यस्तै अभिनेता आर्यन सिग्देल लेख्छन्: ‘तिनीहरुलाई यो धर्तिमा बाँच्ने कुनै अधिकार छैन्, जसलाई समाजले नै दलित उपमाको विभेद दियो।’

कलाकार दिपकराज गिरि लेख्छन्: ‘कोरोनाबाट बाँच्न के के उपाय गर्नु पर्छ त्यो त डब्लुएचओ, सरकार सबैले बताए ।‘आजको युगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदैं छन् । यसबाट बच्ने उपाय चाहिं कस्ले बताउँछ होला ?’ यता निर्देशक दिपाश्री निरौलाले भने यो खबर पढ्दा आफ्नो मन रोएको फेसबुकमा स्टाटसमा उल्लेख गरेकी छिन् ।

त्यस्तै हास्यकलाकार मनोज गजुरेल लेख्छन् : ‘ प्रकृतिको गर्भबाट जन्मिएको कोरोना भाइरस त एक न एकदिन समाप्त हुन्छ । तर, मान्छेको बिकारबाट जन्मिएको जातीय विभेद र अपराधको भाइरस अन्त्य हुने छाँटकाँट देखिएन । अन्तरजातीय प्रेम–बिवाह गर्न खोज्ने रुकुममा दुई युवा मारिएका र पाँच जना बेपत्ता भएको खबर छ । यस्तो जघन्य अपराध रोक्न संबिधानको एन्टिबायोटिक र कानुनको भ्याक्सिनले मात्र पुग्ला जस्तो छैन । कडा भन्दा कडा उपचार के हुन्छ ? तुरुन्तै गर्न पर्यो✊ यो आपराधिक कार्यको निन्दा गर्दै दिवंगत युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली

लोकप्रिय लोक गायक प्रकाश सपुत लेख्छन्: सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ । हार्दिक श्रद्धांजलि दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । कुरी -कुरी समाज, कुरी कुरी कानुन !

कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)लेख्छन् : प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली । जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठाेर प्रयोग गरियोस् । घटनाको सत्य तथ्य छानबिन होस् ।
कुञ्जना घिमिरे (सुन्तली) लेख्छिन् : नेपालको रुकुम जिल्लामा घटाईएको असामाजिक, अमानवीय, विभत्स हत्याको भत्र्सना गर्दछु । प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली । जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस् । कारवाही यस्तो होस् कि उप्रान्त यस्ता अपराध गर्न त परै जावस्, कसैले सोच्न पनि नसकोस् ।

त्यस्तै अभिनेत्री जल शाह लेख्छिन्,‘जातलाई लिएर हत्या ? अपराधीहरूको अन्धविश्वासको कारणले पिडितले उनीहरूको बेइज्जत गर्यो वा समान संस्कृति सहितको समुदाय वा धर्मको सिद्धान्तको उल्लंघन र्गयो वा गर्छ भन्ने सोच राख्नु आफैमा लज्जास्पद कुरा हो । यो कस्तो गलत प्रचलन ? कसैले पनि आफ्नो जातको आधारमा कसैको ज्यान लिने अधिकार छैन । केही देशहरूको न्याय प्रणालीले, विद्यमान कानुनहरूको कार्यान्वयनको कमीले होस् या त परिवारको सम्मानको नाममा हुने भेदभावका कारणले होस्, कडा दण्ड वा मुद्दा चलाइदैन, यो कस्तो बिडम्बना ? अपराधिलाई तत्काल कड़ा भन्दा कडा सजाय होस्’,

Leave a Reply