‘हजार जुनीसम्म’लाई यूट्युबमा सकारात्मक प्रतिक्रिया(चलचित्रसहित)

चलचित्र ‘हजार जुनीसम्म’ यूट्युबमा सार्वजनिक भएको छ । दुई वर्षअघि सिनेमा घरमा प्रदर्शन भएको चलचित्र हिजो भर्खर ओे एस् आर डिजिटलको यूट्युब च्यानलमा मार्फत
सार्वजनिक भएको हो ।

विकासराज आचार्य निर्देशित लभस्टोरी चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । त्यस्तै, अभिनेता अखिलेष प्रधानको यो डेब्यु चलचित्र हो ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् । चलचित्रमा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशकोे जोडीलाई हेर्न सकिन्छ । चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको छ ।

चलचित्रले यूट्युबमा दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ र यूट्युबको ट्रेन्डिङमा पर्न पनि सफल भएको छ । चलचित्रले यूट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगटेको छ । ​यूट्युबको कमेन्ट बक्समा चलचित्रलाई ९० प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । सिनेमा हलमा भने चलचित्रले खासै राम्रो दर्शकको साथ र प्रतिक्रिया पाउन सकेको थिएन ।

चलचित्र हेर्नुहोस् :-

Leave a Reply