वर्षा राउतले पूरा गरिन् चलचित्र क्षेत्रमा ६ वर्षको यात्रा

अभिनेत्री वर्षा राउतले नेपाली चलचित्र क्षेत्रमा ६ वर्षको यात्रा पूरा गरेकी छन् । चलचित्र ‘नाइँ नभन्नु ल ४’बाट वर्षाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । विकासराज आचार्य निर्देशित उक्त चलचित्र सन् २०१६ को अप्रिल ८ मा प्रदर्शन भएको थियो र वर्षाले अञ्जना चरित्रको भूमिका निर्वाह गरेकी थिइन् । नेपाली चलचित्र क्षेत्रमा आफुले ६ वर्ष पूरा गरेको अवसरमा वर्षाले आज सामाजिक सञ्जालमार्फत आफ्नो अभिनय यात्राका रोमाञ्चक तस्वीर सेयर गर्दैै स्टाटस लेखेकी छन् ।

उनले लेखेकी छन्,‘यी ६ वर्ष आँखा झिम्काएर बितेजस्तो लाग्छ… म आफ्नो करिअरमा जहाँ छु, त्यसमा म गर्व र नम्र छु । जब म यी ६ अद्भुत वर्षहरूलाई फर्केर हेर्छु, म आफूलाई कृतज्ञ महसुस गर्छु । माया, प्रशंसा, समर्थन, आलोचना र अत्याधिक प्रशंसाको लागि धन्यवाद । मलाई दिइएको यो अमुल्य उपहार म सधैं कदर गर्नेछु ।’ सबै कुराको लागि आफू आभारी रहेको उल्लेख गर्दै वर्षा लेख्छिन्,‘ मैले फिल्ममा दिएको हरेक अंश र यसलाई हेर्ने प्रत्येक दर्शकको मस्तिष्क, हृदय र आत्मामा मैले सम्झना छाडेकी छु,यो धेरै अविश्वसनीय रूपमा विशेष छ । ’

वर्षाले ‘गोपी’, ‘मेरो पैसा खोई ?’, ‘चौका दाउ’, ‘मिस्टर झोले’, ‘छक्का पञ्जा २’, ‘जात्रा’, ‘जात्रै जात्रा’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

Leave a Reply