पल शाह लेख्छन्,‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’

कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरूमा अक्सिजन ग्यासको अभाव चर्किंदै गएको छ भने अक्सिजन अभावमा कति कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा नेपाली फिल्मकर्मीहरुले पनि अक्सिजन जुटाउन सहयोगी हात अगाडि बढाइरहेका छन् । जसमा, नायक पल शाह सबैभन्दा सक्रिय छन् ।

पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । उनले, हाम्रो टिम नेपाललाई २ लाख रुपैयाँ सहयोग पनि गरेका थिए । पल शाह र हाम्रो टिम नेपालले काठमाण्डौका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएको थियो । त्यस्तै उनीहरुले बारा पुगेर अक्सिजन भरेर काठमाण्डौका अस्पतालमा वितरण गरेका थिए । उनै, पल शाह अक्सिजन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अक्सिजन सिलिन्डर पुर्याएका पल फेसबुकमा लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस् । हामी निरन्तर, सेवामा छौं ।’

Leave a Reply