‘म त तिम्रै हुँ’ निर्देशक दोस्रो चलचित्र बनाउँदै

चलचित्र ‘म त तिम्रै हुँ’ बाट निर्देशकको रुपमा डेब्यु गरेका निर्देशक श्रीराम महत लामो समयपछि दोस्रो चलचित्र बनाउने तयारीमा लागेका छन् । यस अनटाइटल प्रोजेक्टको लागि उनले एक आइटम गीत पनि रेकर्ड गराएका छन् । आइतवार चलचित्रको एक गीतको रेकर्ड गरिएको छ । राजधानीको एकेवस्टिक रेकर्डिङ स्टुडियोमा गायिका टिका प्रशाईले उक्त गीतमा स्वर दिएकी छन् । उक्त गीतलाई फिल्मका निर्माता तथा बरिष्ठ गीतकार हिराकाजी थापाले लेखेका हुन् । गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् ।


निर्देशक महतले सिनेमामा चार गीत समावेश गरिने बताए । सिनेमामा दुई अभिनेत्री र एक अभिनेता हुनेछन । जसमध्ये एक अनुभवी र एक नयाँ अभिनेत्री रहने बताइएको छ ।श्रीराम निर्देशित पहिलो प्रेमकथामा आधारित चलचित्र ‘म त तिम्रै हुँ’बाट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री ज्योत्सना योगीले नेपाली रजतपटमा डेब्यु गरेका थिए ।

Leave a Reply