सलमानको आग्रह,‘सुशान्तको परिवार र फ्यानलाई साथ दिनुस्’

अभिनेता सुशान्त सिंह राजपुतको निधनले बलिउडमा नेपोटिजमको विषयमा ठूलै बहस हुन थालेको छ । बलिउडमा नेपोटिजमलाई बढावा दिएर सुशान्तलाई बलिउडबाट हटाउन खोजिएको भन्दै केही निर्देशक, निर्माता, ब्यानर र स्टार किड्सहरूमाथि आरोप लागिरहेको छ ।

सलमानको पनि नाम आएको हुँदा आरोप लागेसँगै सुशान्तका फ्यानहरू विरोधमा उत्रिएका हुन् । यसैबीच बलिउडका दबंग अभिनेता सलमान खानले सामाजिक सञ्जालमार्फत् आफ्ना फ्यानहरूलाई सुशान्त सिहं राजपुतको परिवार र प्रशंसकलाई साथ दिन आग्रह गरेका छन् । सलमानले आफ्नो ट्वीटरमार्फत आफ्ना फ्यान तथा दर्शकलाई सुशान्तका समर्थकले प्रयोग गरेका शब्द र गालीलाई बेवास्ता गरी उनीहरूको इमोसनलाई बुझेर उनीहरूको साथ दिन अग्राह गरेका हुन् । साथै उनले आफ्नो मान्छे गुमाउनुको पीडा एकदमै दु:खदायी हुने भएकाले कृपया यस्तो समयमा सुशान्तका परिवार र फ्यानलाई साथ दिनुपर्ने लेखेका छन् ।

Leave a Reply