पारिश्रमिक बारे पल शाहको गुनासो, हेर्नुस् उहाँले गरेका प्रश्नहरु

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि नेपाल चलचित्र क्षेत्रमा केही दिनयता केही कलाकार नेपोटिजम र ग्रुपिजम बारे आफ्नो धारणा राखिरहेका छन् । चलचित्र क्षेत्रमा नेपोटिज्मको विषयमा विभिन्न कुरा भइरहेका बेला अभिनेता पल शाहले पारिश्रमिकको मुद्दा उठाएका छन् । चलचित्रमा काम गरेको पारिश्रमिक लिन निर्माता-निर्देशकसँग हात जोड्नु पर्ने उनको गुनासो छ । उनले चलचित्रमा काम गरेर वर्षौंसम्म पारिश्रमिक नपाउँदा कलाकारहरु डिप्रेसनको शिकार भएको भन्दै यो कुरामा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सोमवार फेसबुकमा उनले लेखेका छन्, ‘फिल्मी क्षेत्रमा नातावाद, कृपावाद, ग्रुपिजम अनि डिप्रेसन र आत्महत्याको कुरा चलिरहँदा अर्को एउटा कुरा उठाउन मन लाग्यो । के तपाईंले परिश्रम गरे अनुसार समयमा आफूले पाउनु पर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?, पल शाह प्रश्न गर्छन् । नेपाली चलचित्रमा यसरी पारिश्रमिकको गुनासो उठेको यो पहिलोपटक होइन । यसअघि पनि थुप्रै कलाकारले यो विषय उठाउँदै आइरहेका छन् । पढ्नुस् उनको पुरा स्टाटस :

Leave a Reply