अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ दसैँमा रिलिज नहुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन कोरोना भाइरसको कारण बिचमै रोक्नु परेको थियो । झरना थापा निर्देशित चलचित्र यो वर्षको दसैँमा रिलिज गर्ने भनिएको थियो । तर, दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको छ । हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का छ । यसैले, पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् । चलचित्रका निर्माता सुनिल कुमार थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छन् ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए । चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

 

Leave a Reply