चलचित्र ‘निरमाया’को टिजर सार्वजनिक

चलचित्र ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौँ, समाज स्वत बदलिनेछ’ भन्ने सन्देश बोकेको चलचित्रको टिजरमा जातीय विभेदविरुद्ध सन्देश दिइएको छ । मदानी मुभिजको प्रस्तुतिमा पदम विस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्रले नेपाली समाजमा जरो गाडेको छुवाछुतको मुद्दा समेत उठाइएको निर्माता महेश तिमल्सिनाले बताए ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रनमा रोजा तिमल्सिना र रमेश दाहाल निर्माताको रुपमा छन् ।

चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिक्षा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको चलचित्रको छायांकन रवी कोइराला र जीवन पराजुलीले गरेका हुुन् । चलचित्र सिन्धुली, काभ्रे र रामेछापमा छायांकन भएको हो ।

Leave a Reply