मिस नेपाल शृङ्खला रवि लामिछानेको ‘द लिडर’मा निर्णायक

केही समय अघि कार्यक्रम प्रस्तोता रवि लामिछानेले रियालिटी शो ‘द लिडर’को घोषणा गरेका थिए । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेको जानकारी दिइएकी थियो । उनीहरूसँगै कार्यक्रमको निर्णायकको रूपमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि रहने भएकी छिन् । ‘द लिडर’ मा निर्णायकको रूपमा जोडिन पाउँदा पूर्व मिस नेपाल शृङ्खला खुशी र रोमाञ्चित रहेको उनले आफ्नो इन्स्टाग्राममार्फत्  एउटा पोस्टमा व्यक्त गरेकी छिन् ।

साथै अडिसन जजको रूपमा रमेश खरेल र शृङ्खला खतिवडा रहने पक्का भएको छ । शोको पहिलो अडिसन चितवनबाट सुरु हुन्छ । कार्यक्रमको प्रस्तोताको रूपमा रवि लामिछाने रहने छन् । यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् ।  


Leave a Reply