सुरु भयो ‘मिस नेपाल २०१७’को दौड

‘द हिडन ट्रेजर’ले सोमबारबाट ‘मिस नेपाल २०१७’का लागि आवेदन खुल्ला गरेको छ । काठमाण्डौमा एक औपचारिक कार्यक्रम बीच मिस नेपाल प्रतियोगिताको २२ औं संस्करणको घोषणा गरिएको हो । काठमाडौं, धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा हुने अडिसनबाट छानिएका २० देखि २५ जना युवती अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन् भने अन्य इच्छुकले मिस नेपालको आधिकारिक वेवसाइट मिस नेपाल डटकममा गएर फर्म भर्न सक्ने आयोजकले जनाएको छ । 
घोषणा कार्यक्रममा सन् २०१६ कि मिस नेपाल अश्मी श्रेष्ठ, मिस अर्थ रोशनी खत्री र मिस एसिया प्यासिक इन्टरनेशनलमा सहभागिता जनाएकी अंशु केसीले उपाधी जितेपछिको आफ्नो अनुभवहरु सुनाए । ‘मिस नेपाल २०१७’को प्रतिस्पर्धामा सहभागी हुन १९ देखि २४ वर्षसम्मका ५ फिट ४ इन्चमाथि उचाई भएका अविवाहित युवती र प्लस टू सम्मको अध्ययन गरेको हुनपर्ने मापदण्ड राखिएको छ।

Leave a Reply