‘मिस वर्ल्ड’ २०१९ टोनी नेपाल आउँदै

‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन् । टोनीका साथै मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली बिहीबार नेपाल आउने भएका हुन् ।मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् । उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोल्सिंग गाउँ जाने भएकी हुन् ।

सोल्सिंग गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । उक्त प्रोजेक्ट हेर्नका लागि टोनी नेपाल आउन लागेकी हुन् । साथै, सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडि बढाएका छन् ।

भोलि आउने टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकरराज राजकर्णिकारले जानकारी दिएका छन् ।

Leave a Reply