मोडल निशा घिमिरेको नर्भिकमा उपचार सुरु

३ वर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

Leave a Reply