चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

आगामी चैत ४ गते चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले मात्र गरेका छन् ।

वर्तमान अध्यक्ष रविन्द्र खड्का, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठ पछाडि हट्दा मोहन र रेजिनाबीच प्रतिस्पर्धा हुन लागेको हो । मोहन संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुन् भने रेजिना वर्तमान महिला उपाध्यक्ष हुन् ।

त्यस्तै, धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा (बाबा), तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । महासचिवमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले उम्मेदवारी दिएका छन् । अध्यक्षको आकांक्षा छाड्दै सविन महासचिवमा भिड्न लागेका हुन् ।

Leave a Reply