ग्रेस इभेन्ट्स ‘ट्यालेन्ट हन्ट २०२०’ आयोजना गर्दै,घरबाट नै सहभागी हुन मिल्ने

राजधानी तथा मोफसलमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य “ट्यालेन्ट हन्ट २०२०” को रहेको छ । प्रतियोगितामा अभिनय,नृत्य,गायन,बित्बक्सिंग , र अरु आफुमा भएको कला प्रस्तुत गर्न सकिन्छ। सहभागी हुन इच्छुकले आफ्नो नाम ,ठेगाना र सम्पर्क नम्बर सहित आफ्नो विवरण ग्रेस इभेन्ट्सको ईमेल [email protected] मा पठाउनुपर्ने छ । सहभागीहरुले आफ्नो कलाको भिडियो बनाएर आगामी जेठ ३१,शनिवार सम्ममा बुझाउनुपर्ने छ । पटकथाको लागि प्रतियोगितामा सहभागीहरुले आफ्नो टिकटकभिडियो पठाए पनि स्वीकार्य हुनेछ।

विजेताले नगद पुरस्कार पन्ध्र हजार,ट्रफी र साथमा उपहार प्राप्त गर्ने छ भने रनर अपले नगद पुरस्कार दश हजार,ट्रफी र साथमा उपहार प्राप्त गर्ने छ । टप ५ सहभागीहरुलाई मायाको चिनो पनि प्रदान गरिने छ । सबै सहभागीहरुले अनिवार्य रुपमा ग्रेस इभेन्ट्सको युट्युब च्यानल सबस्क्रैब र ग्रेस इभेन्ट्सको फेसबुक र इन्स्टाग्राम पेज फल्लो गर्नुपर्ने छ ।

Leave a Reply