हिमानी र छोरीहरूको टिकटक पूर्वयुवराज पारसले ‘परिवार’ भन्दै फेसबुकमा सेयर गरे(भिडियो)

पूर्वयुवराज्ञी हिमानी शाह आफ्नी छोरीहरुसँग टिकटकमा नृत्य गर्दै गरेको भिडियो हाल सामाजिक सञ्जालमा निक्कै भाइरल बनिरहेको छ । टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रसंशासहित लाइक र शेयर गरिरहेका छन् ।जेठी छोरी पूर्णिकाको अकाउन्टबाट बनाइएको टिकटकलाई पूर्व युवराज पारस शाहले पनि ‘परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् । सामाजिक काममा सक्रिय उनी लकडाउनको समयमा आफ्ना छोराछोरीलाई प्रशस्त समय दिइरहेको देखिन्छ ।

Leave a Reply