‘हर्के हल्दार’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

लोकप्रिय हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । तीन दिन अगाडि युट्युवमा अपलोड भएको यो सिरियलको ५३३ भाग युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको हो। यो सिरियल प्रसारण हुँदै आएको करिब दश वर्षपछि युट्युबको शीर्ष स्थानमा आफ्नो ठाउँ बनाएको हो ।

यो सिरियलमा बिष्णु सापकोटा, किशोर भण्डारी, शिवहरि बैरागी, सुरेन्द्र केसी, रोशनी सापकोटा, रेश्मा तिमिल्सिना इन्द्र दोङ लामा लगायत कलाकारको मुख्य भूमिका रहेको छ । किशोर भण्डारीको लेखनमा निर्माण हुँदै आएको श्रृंखलाको निर्देशन इन्द्र दोङ लामा हुन् । बुद्ध थापा र प्रवेश पोखरेलको छायाङ्कन रहेको श्रृखंला राज कार्कीले सम्पादन गर्दै आएका छन् ।

Leave a Reply