मनोवादको स्वर र शब्दमा “लालुमै” सार्वजनिक(भिडियो)

मनोवादको स्वर ,शब्द र लय सिर्जना रहेको नयाँ गीत “लालुमै” सार्वजनिक भएको छ। गीतको संगीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् । प्रवीण खतिवडाको निर्देशनमा बनेको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल , घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने , उत्तम राज पाण्डे, शक्ति राई , उमेश तामाङ , रञ्जना ओली र सुरज तमुको भिडियोमा अभिनय रहेको छ ।  स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुदै ठुला सपनाहरु साकार पार्न विदेशिने आम युवाहरुकाे, घर, परिवार र देश प्रतीको प्रेम कथा हो लालुमै जसलाई शब्द, संगित र नाटककाे संयाेजनमा प्रस्तुत गरिएको छ ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोलाई नवीन बाबु गुरुङ र सुशील तामाङको संयुक्त खिचेका हुन्। भिडियो ‘ह्वाइट म्याजिक स्टुडियो’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको अडियो र भिडियो दुवै निकै राम्रो बनेको छ । हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply