सानु उपाध्यायको स्वरमा ‘भेटै हुन्न कि’ फिमेल भर्जन सार्वजनिक(भिडियो)

सानु उपाध्यायको स्वरमा ‘भेटै हुन्न कि’ फिमेल भर्जन सार्वजनिक भएको छ । छोटो समयमा नै चर्चित भएको गीतको मेल भर्जनमा गायक देवेन्द्र बब्लुले आवाज दिएका थिए । मंगलबार  ‘ठग लाइफ नेपाल मिडिया’ को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतमा देवेन्द्र बब्लुको शब्द तथा संगीत रहेको छ।

पवन भट्ले एरेन्ज गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । त्यसैगरी गीतलाई कुमार केसीले मिक्सिङ गरेका हुन् । राम कुमार केसीको छायांकन रहेको गीतको भिडियोमा गायिका सानुलाई नै फिचर्ड गरिएको छ । गीतको अडियो र भिडियो दुवै राम्रो रहेको छ । भिडियो हेर्नुहोस :

Leave a Reply