सौगात र अनुपसँग ‘जार’मा बलिउड अभिनेत्री गीताञ्जली

फेरि टेल पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जार’को छायांकन बुधबारदेखि सिक्किममा हुँदैछ । चलचित्रमा अभिनेता सौगात मल्ल र अनुप विक्रम शाहीले प्रमुख भूमिका निर्वाह गर्दैछन् । चलचित्रको छायांकनका लागि नायकद्धय सौगात र अनुप विक्रम सिक्किम पुगेका छन् । चलचित्रमा भारतीय नायिका गीताञ्जली थापा मुख्य नायिकामा छिन् । उनले थुप्रै बलिउड चलचित्रमा काम गरिसकेकी छन् ।

सन् १८ सयको दशकतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा चलचित्र निर्माण हुन लागेको हो । फुर्वा छिरिङ लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जार’ को कथा इन्द्र बहादुर राईको लेखेका हुन् ।

Leave a Reply