पल–मलिका ६ महिनाका लागि केन्द्र मोशनसँग संझौतामा बाँधिए,अन्य कम्पनीको भिडियो गर्न नपाउने

‘फुलबुट्टे सारी’ फिमेल भर्सनको म्युजिक भिडियोमा पहिलो पटक देखिएको जोडी हो, नायक पल शाह र नायिका मलिका महत्तको। यो पहिलो सहकार्यमा नै दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकले पल र मलिकाको जोडीलाई ‘पिएम जोडी’को नाम पनि दिएको छ । फूल बुट्टे सारीको अपार सफलता पछि पल र मलिकालाई ‘टाढा भएपनि’ फिमेल भर्सनमा फिचर्ड गरियो र उक्त गीतले पनि दर्शकको उल्लेख्य साथ पायो ।

यो दुवै गीत केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो र अब भने सो कम्पनीले पल र मलिकालाई संझौतामा बाँधेको छ । दर्शकले अत्याधिक मनपराएको जोडीलाई केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो । वुझिएअनुसार, पल र मलिकाले अलग–अलग रुपमा अन्य कम्पनीका भिडियो गर्न पाउनेछन् । तर, एकसाथ जोडीको रुपमा भने उनीहरुले ६ महिनाका लागि केन्द्र मोशनसँग संझौतामा बाँधिएका छन् ।

केन्द्र मोसन्सको प्रस्तुति रहेको म्युजिक भिडियो “फुल बुट्टे सारी” र” टाढा भएपनि”ले छोटो समयमा युट्युबमा नयाँ रेकर्ड राख्न सफल भएको छ । ‘टाढा भएपनि’ गीतले रिलिज भएको १५ औँ दिनमै एक करोड भ्युज पाउन सफल भएको थियो भने अर्को गीत “फुल बुट्टे सारी” ले पनि रिलिज भएको १८ दिनमा १ करोड भ्युज पाएको थियो । दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र मोशन पिक्चर्सले नयाँ संझौतामा बाँधेको छ । यी दुई कलाकारसँग केन्द्र मोशनले नयाँ संझौता गरेको वुझिएको छ । अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशन बाहेकको कम्पनीसँग एकसाथ म्यूजिक भिडियोमा काम गर्न पाउने छैनन् । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो ।

Leave a Reply