पुष्प र साम्राज्ञीको ‘मारुनी’ युट्युबमा सार्वजनिक(चलचित्रसहित)

गत वर्ष भदौमा हल रिलिज भएको चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।

बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलबाट सार्वजनिक भएको यो चलचित्र रिलिजको केही घन्टामै युटुबको ट्रेन्डिङमा छ । चलचित्रलाई युटुबमा पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । चलचित्र पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो भने चलचित्रलाई सञ्जय लामाको छायाङ्कन, गोविन्द फुयाँल तथा नवल नेपालको लेखन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

Leave a Reply