पल शाह चलचित्र ‘सत्यम्’मा अनुबन्धित

शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र “सत्यम” मा नायक पल शाह पनि अनुबन्धित भएका छन् । पल शाहको भूमिका भने खुलाइएको छैन । चलचित्रमा नायक राजेश हमाल र अनुप विक्रम शाही पहिले नै अनुबन्धित भैसकेका छन् । यस चलचित्रमा अन्य कलाकारको पनि खोजी भइरहेको छ। निर्माता रेसम सापकोटाको कथा रहने रहने चलचित्रमा दुर पाण्डेको छायांकन, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एसोसिएट निर्देशक सुवास सुवेदी, सह-निर्देशकहरुमा रामकुमार श्रेष्ठ र शान्ति तामाङ रहनेछन्। चलचित्रमा कुटुम्ब ब्यान्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ। चलचित्रमा अष्ट महर्जनको एक्सन रहनेछ।

 

Leave a Reply