युट्युबमा हेर्नुहोस् विपिन,नम्रता र निश्चलको ‘प्रसाद’(फिल्म सहित)

दर्शकले र समिक्षकले रुचाएको चलचित्र हो,‘प्रसाद’। डेढ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ युटुबमा रिलिज गरिएको छ । सार्वजनिक भएको २३ घन्टामा यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको ६ नम्बरमा छ । चलचित्र हेर्ने दर्शकले चलचित्रले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने एक कठोर मोडको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ । चलचित्र ‘प्रसाद’ को सिक्वेल निर्माण हुने पक्का भइसकेको छ । सिक्वेलमा पनि विपिन, नम्रता र निश्चलकै मुख्य भूमिका रहने पक्का भएको छ । हेर्नुहोस् चलचित्र :-

 

Leave a Reply